Kathmandu Press

मानुषी लघुवित्तले सोमबार आईपीओ बाँडफाँट गर्ने

काठमाडौं, भदौ ६ : मानुषी लघुवित्त वित्तीय संस्थाले भोलि (सोमबार) आईपीओ बाँडफाँट गर्ने भएको छ।भोलि बिहान साढे ८ बजे आइपिओ बाँडफाँट हुने उक्त...
मानुषी लघुवित्तले सोमबार आईपीओ बाँडफाँट गर्ने

काठमाडौं, भदौ ६ : मानुषी लघुवित्त वित्तीय संस्थाले भोलि (सोमबार) आईपीओ बाँडफाँट गर्ने भएको छ।

भोलि बिहान साढे ८ बजे आइपिओ बाँडफाँट हुने उक्त लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टले जनाएको छ।

कम्पनीले साउन २७ देखि ३१ गतेसम्म सर्वसाधारणबाट आइपिओका लागि आवेदन लिएको थियो। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयरका लागि २४ लाखभन्दा बढीले आवेदन दिएका थिए।

गोला प्रथाबाट ३६ हजार ८ सय ५९ जनाले मात्रै १० कित्ताका दरले सेयर पाउनेछन्। तीनजनाले थप एक कित्ता सेयर पाउने पनि बताइएको छ।

मागभन्दा बढी आवेदन परेकाले कुल आवेदकमध्ये ९८.४७ प्रतिशत आवेदक सेयर पाउनबाट वञ्चित हुनेछन्। आवेदकमध्ये १.९८ प्रतिशतले मात्र  आईपीओ पाउनेछन्।

प्रकाशित मिति: १७:२९ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्