बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आजबाट खुला
काठमाडौं, साउन ३२ : बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले ४ लाख कित्ता आईपीओ खुला गरेको छ।कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यको १२ लाख कित्ता आईपीओ...
काठमाडौं, साउन ३२ : बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले ४ लाख कित्ता आईपीओ खुला गरेको छ।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यको १२ लाख कित्ता आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये पहिलो चरणमा आज (सोमबार) ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूमा बिक्री खुला गरेको हो।
स्थानीय प्रभावित लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। आईपीओका लागि भदौ १४ गतेसम्म मात्र आवेदन दिन सकिनेछ। सो अवधिमा बिक्री नभएको आइपीओका लागि भदौ २९ गतेसम्म बिक्री खुला हुन सक्ने कम्पनीको भनाइ छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिभिल क्यापिटललले पाएको छ। सिभिल क्यापिटलसँगै सिभिल बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र का ती बैंकका तोकिएका शाखाबाट आवेदन दिन सकिने जनाइएको छ।
कम्पनीले नुवाकोटको तल्लो तादी खोलामा ४.९९३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।











