सानीमा लाइफको आइपिओमा २४ लाखभन्दा बढीको आवेदन
काठमाडौं, साउन २४ : सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन्।
साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १ सय २७ जनाले आवेदन दिएका हुन्।
३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। उक्त कम्पनीकानुसार मागको तुलनामा ६ दशमलव ८४ गुणा बढीको आवेदन परेको थियो ।
कम्पनीले निष्कासन गरेको शेयरमध्ये ३ लाख कित्ता कर्मचारीलाई र अर्को ३ लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षण गरी बाँकी ५४ लाख कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन्।
मागभन्दा बढीको आवेदन परेकाले कम्पनीको आइपिओ गोलाप्रथाबाट बाँडफाँड गरिने जनाइएको छ।
प्रकाशित मिति: १५:४५ बजे, सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१