Kathmandu Press

काठमाडौंसँग जोडिएका सबै राजमार्ग वर्षाले अवरुद्ध, हजारौं यात्रु अलपत्र

काठमाडौं असार २७ : अविरल वर्षाका कारण काठमाडौं उपत्यकासँग जोडिएका सबै राजमार्ग अवरुद्ध भएका छन्। 

बिहीबार साँझदेखि परेको अविरल वर्....

काठमाडौंसँग जोडिएका सबै राजमार्ग वर्षाले अवरुद्ध, हजारौं यात्रु अलपत्र

काठमाडौं असार २७ : अविरल वर्षाका कारण काठमाडौं उपत्यकासँग जोडिएका सबै राजमार्ग अवरुद्ध भएका छन्। 

बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण हवाइ उडानसँगै सडक राजमार्ग पनि अवरुद्ध भएका हुन्।  वर्षासँगै आएको बाढी र पहिरोका कारण कान्ति लोकपथ, पृथ्वी राजमार्ग, सिद्धिचरण राजमार्ग, विपी राजमार्ग लगायतका राजमार्गमा पर्ने सडक अवरुद्ध  भएका छन्।

सडक अवरुद्ध भएपछि हजारौं याुत्र अलपत्र परेका छन्। प्रहरीका अनुसार हेटौँडा–काठमाडौं जोड्ने वैकल्पिक मार्ग कान्ति लोकपथमा धेरै ठाउँमा सडकमा पहिरो खसेको छ। पहिरोका कारण अवरुद्ध सडक सुचारु हुन सकेको छैन।

यस्तै, हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ आउने फाखेल र सिस्नेरीमा विभिन्न ठाउँमा पहिरो खसेपछि हेटौँडा–कुलेखानी सडकखण्ड पनि ठप्प भएको छ।

पृथ्वी राजमार्गको पनि उस्तै हालत

अविरल वर्षापछि धादिङका विभिन्न स्थानमा पहिरो र लेदो झरेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सबैभन्दा व्यस्त पृथ्वीराजमार्ग अवरुद्ध हुँदा हजारौँ यात्रु र सवारीसाधन बाटौमै रोकिएका छन्।  पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट–रोराङ गाउँपलिकामा–१० स्थित जवाङ खोलामा लेदो खसेर मध्यान्ह १२ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

वीपी राजमार्ग पनि अवरूद्ध

सडकमा पहिरो खसेपछि गएरातिदेखि नै वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। गोलन्जोर र सुनकोशी गाउँपालिकामा वीपी राजमार्गको सडकमा ठाउँ ठाउँमा पहिरो गएपछि सवारीसाधनको आवागमन पूर्णरुपमा अवरुद्ध भएको हो।

यस्तै, सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरो खसेको छ। पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।  

यसैगरी, मध्यपहाडी राजमार्ग पनि  सडकभन्दा माथिबाट खसेको पहिरोका कारण अवरुद्ध भएको छ। सिन्धुलीकै गोलन्जोर गाउँपालिकास्थित सडकमा पहिरो खसेकाले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो। 

अवरुद्ध राजमार्गबाट पहिरो हटाएर सडक सुचारु गर्ने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले जानकारी दिए।
 

प्रकाशित मिति: १७:१२ बजे, शुक्रबार, असार २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्