Kathmandu Press

शेयर बजारमा आज पनि लगानीकर्ता अन्योलमा

काठमाडौं, असार २६ :  साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ० दशमलव ६२ ले  घटेर १२४८ दशमलव ५३ को विन्दुमा पुगेको छ।

शेयर बजारमा आज पनि लगानीकर्ता अन्योलमा

काठमाडौं, असार २६ :  साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ० दशमलव ६२ ले  घटेर १२४८ दशमलव ५३ को विन्दुमा पुगेको छ।

दोस्रो बजार परिसूचकमा ० दशमलव ०५ प्रतिशतकोे गिरावट देखिएको छ। दोस्रो बजार १२४९ दशमलव १५ को विन्दुमा खुलेको थियो भने १२५१ दशमलव ०९ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १२४७ दशमलव ६३ थियो। दिनभरमा ४६ करोडको शेयर किनबेच भएको छ। 

Hardik ivf

आजको बजारको अवस्था 

सर्वाधिक कारोबार हुने 

सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल बैंक लिमिटेडको ५ करोड २९ लाख बराबरको शेयर किनबेच भएको छ। 


सर्वाधिक कमाउने र गुमाउने 

आज नाडेप लघुवित्तका शेयरधनीले सर्वाधिक ४ दशमलव ७३  प्रतिशतले कमाए भने मल्टिपर्पाेज फाइनान्सका शेयरधनीले सर्वाधिक ५ दशमलव ६७ प्रतिशतले गुमाए। 

प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार, बजारको तत्कालीन प्रतिरोध १२५३ र तत्कालीन टेवा १२४४ भनिएको थियो। आज पनि बजार यी दुबै क्षेत्रभित्र उतारचढाव हुँदा नेप्से परिसूचक १२४८ दशमलव ५३ अंकमा बन्द भएको छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति बमोजिम आज पनि बजार १२३७ को टेवा क्षेत्रभन्दा माथि नै रहेको छ। यो टेवा क्षेत्रमा कारोबारीहरु बजार प्रवेश गर्न सक्ने संकेत गरेपनि हालसम्म देखिएको छैन। आजको परिमाणले क्रेता र विक्रेताको चाप लगभग बराबर रहेको देखिन्छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

 

चित्र नं.२, दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई हेर्दा बजार प्रवृत्तिहीन रहेको छ। 

आज बजार प्रवृत्तिहीन रहेकाले ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)ले दिएको संकेत प्रभावकारी देखिँदैन। कारोबारको अन्तिम समयमा रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ३६ दशमलव ८३ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजार बढी हाल्ने संकेत भने दिएको देखिँदैन। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा शेयर बढी विक्री भएको संकेत गरेको छ। 

निष्कर्ष 

माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकका आधारमा यदि बजार १२५३ भन्दा माथि स्थिर रहन सके बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र तत्कालीन प्रतिरोध १२६५ को क्षेत्रमा रहेको देखिन्छ। यदि बजार १२४४ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा १२३७ मा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:५८ बजे, बिहीबार, असार २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्