Kathmandu Press

शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु प्रकरणः प्रधानाध्यापकसहित पाँच जना शिक्षक पक्राउ

महेन्द्रनगर, असार २६ : कञ्चनपुरमा शिक्षकको कुटाइबाट विद्यार्थीको ज्यान गएपछि घटनाबारे सोधपुछका लागि भन्दै प्रधानाध्यापकसहित पाँच जना शिक्षकल....

शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु प्रकरणः प्रधानाध्यापकसहित पाँच जना शिक्षक पक्राउ

महेन्द्रनगर, असार २६ : कञ्चनपुरमा शिक्षकको कुटाइबाट विद्यार्थीको ज्यान गएपछि घटनाबारे सोधपुछका लागि भन्दै प्रधानाध्यापकसहित पाँच जना शिक्षकलाई पक्राउ गरिएको छ।

भिमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयमा कक्षा ९ मा अध्ययनरत  विद्यार्थी माधव कलौनीको शिक्षकको कुटाइबाट मृत्यु भएको जाहेरी प्रहरीमा परेपछि प्रधानाध्यापकसहित पाँच जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा विद्यालयका प्रध्धानाध्यापक यशोदा जोशी, शिक्षक दुर्गदत्त पाठक, लक्ष्मीदत्त भट्ट, निरञ्जन बोहोरा र हर्कबहादुर जाग्री रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

उनीहरुलाई जिल्ला अदालबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिए।

शिक्षकको कुटाइबाट घाइते माधवको उपचारका क्रममा भारतमा मृत्यु भएको थियो। शवलाई बुधबार नेपाल ल्याएर कञ्चनपुरस्थित महाकाली अस्पतालमा राखिएको छ।भारतमा गरिएको पोष्टमार्टमको रिपोर्ट नआएकाले के कारण मृत्यु भएको हो भन्न नसकिने प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १७:५९ बजे, बिहीबार, असार २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्