के शेयर बजारमा विक्रेताको चाप कमजोर हुँदै गएको हो?
काठमाडौं, असार २५ : साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक १ दशमलव १२ ले घटेर १२४९ दशमलव १५ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूच....
काठमाडौं, असार २५ : साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक १ दशमलव १२ ले घटेर १२४९ दशमलव १५ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ०९ प्रतिशतकोे गिरावट देखिएको छ।
दोस्रो बजार १२५० दशमलव २७ को विन्दुमा खुलेको थियो भने १२५१ दशमलव ९३ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १२४६ दशमलव १६ थियो। दिनभरमा ५७ करोड ३४ लाखको शेयर किनबेच भएको छ।
आजको बजार अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै सिभिल बैंक लिमिटेडको संस्थापक शेयर किनबेच भएको छ। सिभिल बैंक लिमिटेडको १७ करोड ५३ लाख बराबरको संस्थापक शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज इन्फिनिटी लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ८१ प्रतिशतले कमाए भने सिभिल लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ६७ प्रतिशतले गुमाए।
शेयर सूचीकरण
आज गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार, बजारको तत्कालीन प्रतिरोध १२५३ र टेवा १२४४ भनिएको थियो। आज बजार यी दुबै क्षेत्रभित्र उतारचढाव हुँदा नेप्से परिसूचक १२४९ दशमलव १५ अंकमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति बमोजिम आज बजार १२३७ को टेवा क्षेत्रभन्दा माथि नै रहेको छ। यो टेवा क्षेत्रमा कारोबारीहरु बजार प्रवेश गर्न सक्ने संकेत गरेपनि निश्चित रुपमा गरेको देखिँदैन। आजको परिमाणले लगानीकर्ताहरुको सहभागिता हिजोभन्दा बढेको देखिन्छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई हेर्दा आज बजार प्रवृत्तिहीन रहेको छ। आज बजार प्रवृत्तिहीन रहेकाले ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)ले दिएको संकेत प्रभावकारी देखिँदैन।
आज कारोबारको अन्तिम समयमा रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४१ दशमलव ६१ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजार बढी हाल्ने संकेत भने दिएको देखिँदैन। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा बजार अझ केही सच्चिन सक्ने संकेत गरेको छ।
निष्कर्ष
माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकका आधारमा यदि बजार १२५३ भन्दा माथि स्थिर रहन सके बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र तत्कालीन प्रतिरोध १२६५ को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १२४४ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा १२३७ मा रहेको देखिन्छ।