Kathmandu Press

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीको शंख जुलुस (फोटोफिचर)

काठमाडौं, असार २७ : विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलन गर्दै आएको छ।यसैबीच आज (आइतबार) ती विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीहरूले शङ्ख फुकेर...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीको शंख जुलुस (फोटोफिचर)

काठमाडौं, असार २७ : विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलन गर्दै आएको छ।

यसैबीच आज (आइतबार) ती विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीहरूले शङ्ख फुकेर सरकारको विरोध गरेका छन्। कोरोना कहरले पीडित जनतालाई पेट्रोलियम पदार्थको मूल्य बढाएर झनै आहत बनाउने सरकारलाई शङ्ख फुकेर झक्झक्याउने प्रयास गरेको जुलुसमा सहभागी विद्यार्थीहरूले बताए।

बिहीबार नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै लकडाउनले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको पीडादायी अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि ७२ घन्टाभित्र फिर्ता लिन माग गरेका थिए।

Hardik ivf

सो अवधिभित्र आफ्ना माग पूरा नभएको भन्दै आज पत्रकार सम्मेलन गरेर ती विद्यार्थी संगठनहरूले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।

घोषित कार्यक्रमअनुसार उनीहरूले असार २८ गते नेपाल आयल निगमका गाडी चल्न नदिने भएका छन्।

यसैगरी असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरूलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने पनि विज्ञप्तिमार्फत विद्यार्थी संगठनहरूले जानकारी दिएका छन्।

असार ३० मा देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने घोषणा पनि उनीहरूले गरेका छन्।


 

प्रकाशित मिति: १७:३३ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्