बिहिबारदेखि युनियन लाइफको आईपीओ आउँदै
काठमाडौं, असार २३ : युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि (असार २४) गतेबाट सर्वसाधारणहरूको लागि साधारण सेयर बिक्री गर्ने भएको छ ।कम्पनीको आफ्नो...काठमाडौं, असार २३ : युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि (असार २४) गतेबाट सर्वसाधारणहरूको लागि साधारण सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीको आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँ मध्ये ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
उक्त सेयर कित्ता मध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको साधारण सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको साधारण शेयर खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ ।
प्रकाशित मिति: १९:०५ बजे, बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१