शेयर बजारमा गिरावट, अन्योलमा लगानीकर्ता
काठमाडौं, असार १६ : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २ दशमलव ८६ ले घटेर १२४२ दशमलव ०३ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिस....
काठमाडौं, असार १६ : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २ दशमलव ८६ ले घटेर १२४२ दशमलव ०३ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव २३ प्रतिशतकोे गिरावट देखिएको छ।
दोस्रो बजार १२४४ दशमलव ८९ को विन्दुमा खुलेको थियो भने १२४५ दशमलव ६८ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १२३७ दशमलव ४३ थियो। दिनभरमा ३७ करोड ४७ लाखको शेयर किनबेच भएको छ।
आजको बजार अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल बैंक लिमिटेडको २ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज सिभिल लघुवित्तका शेयरधनीले सर्वाधिक ४ दशमलव ८७ प्रतिशतले कमाए भने मिथिला लघुवित्तका शेयरधनीले सर्वाधिक ४ दशमलव ९८ प्रतिशतले गुमाए।
प्राविधिक विश्लेषण
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति बमोजिम हिजो बजारले टेवा क्षेत्रलाई तोडेको देखिन्छ। आजको मैनबत्तीले बजारको पहिलो समयमा विक्रेता हाबी रहे पनि पछिल्लो समयमा क्रेताको चाप रहेको जनाउँछ। परिमाण भने सामान्य रहेको छ। आज बजार १२४२ दशमलव ०३ अंकमा बन्द भएको छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो घट्दो प्रवृत्तिमा भएको बजार आज प्रवृत्तिहीन रहेको छ।
आजको कारोबारमा २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकआपसमा नजिकिँदै गएकाले बजारमा विक्रेताको चाप कम हुँदै गएको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५२ दशमलव ५८ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा केही समयका लागि क्रेताको चाप हुन सक्ने संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकका आधारमा यदि बजार १२४६ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन प्रतिरोध १२५५ मा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १२३७ भन्दा तल रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा १२२० देखि १२३० को क्षेत्रमा रहेको देखिन्छ।