Kathmandu Press

शेयर बजार सामान्य टेवा क्षेत्रमा 

काठमाडौं, असार १० : शेयर बजारमा खासै चहलपहल देखिएन। मंगलबार दिनभर ४० करोड बराबरको शेयर पनि किनबेच हुन सकेन। १२ बजेपछि बजारमा खरिदकर्ताको राम्रो उपस्थि....

शेयर बजार सामान्य टेवा क्षेत्रमा 

काठमाडौं, असार १० : शेयर बजारमा खासै चहलपहल देखिएन। मंगलबार दिनभर ४० करोड बराबरको शेयर पनि किनबेच हुन सकेन। १२ बजेपछि बजारमा खरिदकर्ताको राम्रो उपस्थिति देखिएपनि दिउँसो एक बजे पछि भने फेरि विक्रीकर्ता नै हाबी थिए।

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ० दशमलव ९६ अंकले बढेर १२६१ दशमलव ०७ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ०८ प्रतिशतकोे वृद्धि देखिएको छ। दोस्रो बजार १२६० दशमलव १० को विन्दुमा खुलेको थियो भने १२६४ दशमलव ५२ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १२५९ दशमलव ३५ थियो। दिनभरमा ३६ करोड ४७ लाखको शेयर किनबेच भएको छ।  कारोबार रकम भने घटेको छ। 

Hardik ivf

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्स बैँक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल क्रेडिट एण्ड कमर्स बैँक लिमिटेडको २ करोड ५३ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज गणपति माइक्रो फाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ९२ प्रतिशतले कमाए भने मल्टी पर्पोस फाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ६६ प्रतिशतले गुमाए। 

भोलिका प्रमुख गतिविधि 

-अपर तामाकोशी हाइड्रोपावरको वार्षिक साधारण सभा 
-सूर्या लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा 
-मल्टी पर्पोस फाइनान्सको मूल्य समायोजन


प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिन अघिको निष्कर्ष अनुसार बजारले १२६० देखि १२६६ को प्रतिरोधलाई सामना गर्नु पर्ने हुन्छ भनिएको थियो। आज बजारले १२६४ दशमलव ५२ को उच्च विन्दु प्राप्त गरेपछि बजार सच्चिएको छ। नेप्से परिसूचक १२६१ दशमलव ०७ विन्दुमा बन्द भएको छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए बमोजिम गत ३ सातादेखि  घट्दो प्रवृत्तिमा रहेको र गत सातादेखि प्रवृत्तिहीन रहेको थियो। हाल बजार टेवा क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले कारोबारको मध्य समयमा बजारमा क्रेताको चाप रहेपनि पछिल्लो समयमा विक्रेताको चाप रहेको देखिन्छ। परिमाण भने सामान्य रहेको छ।

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। हिजो कारोबारको अन्तिम समयदेखि बढेको बजार हालसम्म सकारात्मक देखिएको छ र हाल बजार टेवा क्षेत्रमा रहेको देखिन्छ। आजको नेप्से प्रवृत्तिले ‘हेड एण्ड सोल्डर’को आकृति बनाएको छ। यसले बजार सच्चिन सक्ने संकेत गरे पनि निश्चित रुपमा बजार सच्चिने संकेत गरेको छैन।

५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) आज टेवाको रुपमा देखिएको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५४ दशमलव ०२ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारको अन्तिम समयमा खरिदकर्ताको चाप रहेको संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा यदि बजार १२६५ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन प्रतिरोध १२७५ मा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १२५९ भन्दा तल रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा १२५३ मा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:१२ बजे, मंगलबार, असार १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्