Kathmandu Press

आज शेयर बजारमा पुनः विक्रेताको चाप

काठमाडौं, असार ८ : आज साताको पहिलो कारोवार दिन आइतबार नेप्से परिसूचक १० दशमलव ०१  अंकले घटेर १२५४ दशमलव ३५ को विन्दुमा पुगेको छ। दोश्रो बजार....

आज शेयर बजारमा पुनः विक्रेताको चाप
काठमाडौं प्रेस इलुस्ट्रेशन

काठमाडौं, असार ८ : आज साताको पहिलो कारोवार दिन आइतबार नेप्से परिसूचक १० दशमलव ०१  अंकले घटेर १२५४ दशमलव ३५ को विन्दुमा पुगेको छ। दोश्रो बजार परिसूचकमा ० दशमलव ७९ प्रतिशतकोे गिरावट देखिएको छ। दोश्रो बजार १२६४ दशमलव ३६ को विन्दुमा खुलेको थियो भने १२६५ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १२५३ दशमलव ४३ थियो। आज अघिल्लो कारोबार दिनको भन्दा बढी रकमको शेयर खरिद विक्री भएको छ। आज दिन भरमा ४८  करोड १८ लाख बराबरको शेयर किनबेच भएको छ।  

आज बजारको अवस्था 

Hardik ivf

आज सर्वाधिक कारोवार हुने 
आज सबैभन्दा धेरै लक्ष्मी बैंक लिमिटेडको शेयर किनबेच भएको छ। लक्ष्मी बैंक  लिमिटेडको ४ करोड १० लाख बराबरको शेयर किन बेच भएको हो। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज गुराँस लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ९३ प्रतिशतले कमाए भने स्वदेशी लघुवित्तका शेयरधनीले सर्वाधिक ६ दशमलव ५५ प्रतिशतले गुमाए। 

प्राविधिक बिश्लेषण 
अघिल्लो कारोबार दिन अघिको निश्कर्ष अनुसार, यदि बजार १२६६ भन्दा माथि स्थिर रहेमा बजार अझ केहि सकारात्मक हुन सक्ने र बजारको सामान्य टेवा १२६१ मा रहेको भनिएको थियो। आज बजारले १२६५ को “इन्ट्राडे” उच्च बिन्दु बनाए पनि १२६६ को प्रतिरोधलाई तोड्न असफल रह्यो तर १२६१ को टेवालाई निश्चित रुपमा तोड्न सफल रहेको छ र हाल बजार १२५४ को टेवा क्षेत्रमा रहेको छ। आज बजार १२५४ दशमलब ३५ विन्दुमा बन्द भएको छ। 

दैनिक मैनबत्ती प्रवृत्ति

नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए वमोजिम गत ३ सातादेखि  घट्दो प्रवृत्तिमा रहेको बजार गत सातादेखि प्रवृत्तिहिन रहेको थियो। हाल बजार टेवा क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले बियरिस मारुबोजु आकृति बनाएको छ, यसले बजारमा विक्रेताको चाप रहेको र अर्को कारोबार दिन पनि विक्रेताको चाप रहन सक्ने संकेत गर्दछ। परिमाणले पनि आजको मैनबत्तीलाई समर्थन गरेको देखिन्छ।

५ मिनेट मैनबत्ती प्रवृत्ति

विगत चार दिनको कारोबार कस्तो रह्यो भनी हेर्न ५ मिनेट समयावधिको मैनबत्तीहरुलाई प्रयोग गरिएको छ र हिजो बजार केही सकारात्मक रहे पनि बजार स्थिर रहन सकेन। यस कारण बजार प्रवेश गर्न अघि बजार कहाँ निर रहेको छ र स्थिर छ कि छैन भनेर विश्लेषण गर्नु आवश्यक हुन्छ। 

आज नेप्सेको प्रवृत्ति ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए)भन्दा तल रहेकोले बजार घट्दो प्रवृत्तिमा नै रहेको संकेत गरेको छ र यो ईएमए हाल प्रतिरोधको रुपमा परिणत भएको छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स ३७ दशमलब २६ अंकमा रहेको र आज बजारको अन्तिम समयमा सकारात्मक हुन थालेको देखिन्छ। स्टोकास्टिक अक्सिलेटरले बजार अझ केहि सच्चिन सक्ने संकेत गरेको छ। 

निष्कर्ष

माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुले मिश्रित संकेत गरे पनि यदि बजार १२५६ भन्दा माथि स्थिर रहेमा बजार अझ केहि सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालिन प्रतिरोध १२६० देखि १२६६ मा रहेको देखिन्छ। यदि बजार १२५३ भन्दा तल स्थिर रहेमा बजार अझ केहि सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालिन सामान्य टेवा १२४६मा रहेको देखिन्छ।  


 

 

 

प्रकाशित मिति: १८:०७ बजे, आइतबार, असार ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्