शेयर बजारमा आज क्रेताको चाप
काठमाडौं, असार ५ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५ दशमलव ९० अंकले वृृद्धि भएर १२६४ दशमलव ३६ को विन्दुमा पुगेको छ।
द....
काठमाडौं, असार ५ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५ दशमलव ९० अंकले वृृद्धि भएर १२६४ दशमलव ३६ को विन्दुमा पुगेको छ।
दोस्रो बजार परिसूचकमा ० दशमलव ४७ प्रतिशतकोे वृद्धि देखिएको छ। दोस्रो बजार १२५८ दशमलव ४७ को विन्दुमा खुलेको थियो भने १२६६ दशमलव ३३ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १२५७ दशमलव ९३ थियो। दिनभरमा ३७ करोड ५३ लाख बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै शिवम सिमेन्ट्स लिमिटेडको शेयर किनबेच भएको छ। शिवम सिमेन्ट्स लिमिटेडको ३ करोड ३ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज गुराँस लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ८७ प्रतिशतले कमाए भने रिलायन्स फाइनान्सका शेयरधनीले सर्वाधिक ५ दशमलव २६ प्रतिशतले गुमाए।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनअघिको निष्कर्ष अनुसार, यदि बजार १२६० भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत भए पनि अर्को तत्कालीन प्रतिरोध १२६५ मा रहेको भनिएको थियो। आज बजार बढेर यही प्रतिरोध क्षेत्रमा रहेको छ। आज बजार १२६४ दशमलव ३६ विन्दुमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए बमोजिम गत ३ सातादेखि घट्दो प्रवृत्तिमा रहेको बजार हाल चार कारोबार दिनदेखि प्रवृत्तिहीन रहेको देखिन्छ। आजको मैनबत्तीले बजारमा क्रेताको चाप सकारात्मक देखिएपनि परिमाण भने सामान्य रहेको देखिन्छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत चार दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। बजार त्यस समयमा घट्दो च्यानलमा सीमित रहेको र आज बजारले च्यानलको माथिल्लो प्रवृत्ति रेखालाई तोड्न सफल रहेको देखिन्छ। यदि बजार यो च्यानलको माथिल्लो प्रवृत्ति रेखाभन्दा माथि स्थिर रहन सकेमा बजार अझ सकारात्मक हुन सक्ने संकेत गर्दछ।
आज नेप्सेको प्रवृत्ति ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा माथि रहेकाले बजार सकारात्मक भएको र यो ईएमए हाल टेवाको रुपमा परिणत भएको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ६४ दशमलव ४७ अंकमा रहेकाले बजार सकारात्मक क्षेत्रमा रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजार केही सच्चिन सक्ने संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकले मिश्रित संकेत गरे पनि यदि बजार १२६६ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध १२७५ मा रहेको देखिन्छ। हाल बजारको सामान्य तत्कालीनन टेवा १२६१ मा रहेको देखिन्छ।