शेयर बजारमा विक्रेताको चाप
काठमाडौं, असार १ : नेप्से परिसूचकमा निरन्तर गिरावट देखिएको छ। आज सबै समूहमा गिरावट आएपनि माइक्रो फाइनान्स र निर्जीवन बीमा समूह बढी घट....
काठमाडौं, असार १ : नेप्से परिसूचकमा निरन्तर गिरावट देखिएको छ। आज सबै समूहमा गिरावट आएपनि माइक्रो फाइनान्स र निर्जीवन बीमा समूह बढी घटेको छ।
माइक्रो फाइनान्स र निर्जीवन बीमामा क्रमशः २ दशमलव १ र २ दशमलब ०६ प्रतिशतको गिरावट रहेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११ दशमलव ३६ अंकले घटेर १२५८ दशमलव २७ को विन्दुमा पुगेको छ।
दोस्रो बजार परिसूचकमा ० दशमलव ८९ प्रतिशतकोे गिरावट देखिएको छ। दोस्रो बजार १२६९ दशमलव ५६ को विन्दुमा खुलेको थियो भने १२७१ दशमलव २७ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १२५६ दशमलव ८५ थियो। दिनभरमा ४७ करोड २५ लाख बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल बैंक लिमिटेडको २ करोड ९५ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज नेपाल एग्रो लघुवित्तका शेयरधनीले सर्वाधिक ६ दशमलव ७५ प्रतिशतले कमाए भने महिला सहयात्रा माइक्रो फाइनान्सका शेयरधनीले सर्वाधिक ७ दशमलव ८७ प्रतिशतले गुमाए।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिन अघिको निष्कर्ष अनुसार यदि बजार १२६४ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने भनिएको थियो। आज बजारले यो टेवालाई तोडेको छ र हाल बजार १२५८ दशमलव २७ विन्दुमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए बमोजिम गत ६ सातादेखि बजार प्रवृत्तिहीन रहेको बजारले हालको टेवा क्षेत्रलाई तोड्न सफल रहेको देखिन्छ। आजको मैनबत्तीले वियरिस मारुबोजु आकृति बनाएको छ। यसले आज बजारमा विक्रेता हाबी रहेको संकेत गर्दछ र अर्को कारोबार दिन पनि बजार केही सच्चिन सक्ने सम्भावना रहन्छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। आज बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।
५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा नेप्से प्रवृत्ति तल रहेकाले बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ३४ दशमलव ३५ अंकमा रहेको छ। यसले कारोबारको अन्तिम समयमा क्रेताको चाप केही समय बढ्न सक्ने संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा शेयर बढी विक्री भएको संकेत गरेको छ।
निष्कर्ष
माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकको आधार यदि बजार १२६५ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन प्रतिरोध १२७५ मा रहेको देखिन्छ। हाल बजारको तत्कालीन टेवा १२५० को क्षेत्रमा रहेको देखिन्छ।