Kathmandu Press

राष्ट्रियसभामा नेमकिपाका कृष्णबहादुर तामाङको पनि उम्मेदवारी

हेटौंडा, वैशाख २४ : वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट पनि उम्मेदवारी दर्ता भएको छ। नेमकिपाको तर्फबाट कृष्ण बहादुर...
राष्ट्रियसभामा नेमकिपाका कृष्णबहादुर तामाङको पनि उम्मेदवारी

हेटौंडा, वैशाख २४ : वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट पनि उम्मेदवारी दर्ता भएको छ। नेमकिपाको तर्फबाट कृष्ण बहादुर तामाङले उम्मेदवारी दिएका छन् । 

वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर नेमकिपा उम्मेदवार तामाङले मनोनयन दर्ता गराएका हुन्। तामाङको उम्मेदवारीको प्रस्तावकमा नेमकिपा सांसद सुरेन्द्रराज गोसाई र समर्थकमा सांसद सिर्जना सैैंजु रहेका छन्।

राष्ट्रियसभा उपनिर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबाट डा.  खिमलाल देवकोटा र नेकपा एमालेको तर्फबाट गृहमन्त्री राम बहादुर थापा बादलले उम्मेदवारी दर्ता गराइसकेका छन्।

उपनिर्वाचन आगामी जेठ ६ गते  हुनेछ । 

प्रकाशित मिति: १४:०३ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्