Kathmandu Press

पूर्वमुख्यसचिव अर्याललाई म्याद थपका लागि ल्याइयो

पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याइएका अर्याललाई शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयमा ल्याइएको हो।
पूर्वमुख्यसचिव अर्याललाई म्याद थपका लागि ल्याइयो

काठमाडौं, मंसिर ११ : पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा ल्याइएको छ।

मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट  पक्राउ गरेको थियो।।

पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याइएका अर्याललाई शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयमा ल्याइएको हो।

त्यसपछि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।

प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, मंसिर ११, २०८३