Kathmandu Press

टोकियोसहित तीन प्रान्तमा संकटकाल घोषणा गर्ने जापानको तयारी

टोकियोसहित तीन प्रान्तमा संकटकाल घोषणा गर्ने जापानको तयारी

 टोकियो, वैशाख २४ : कोरोना भाइरसको संक्रमण तीव्र वृद्धि भएपछि जापानले राजधानी टाकियोसहित तीन प्रान्तमा कोरोना संकटकाल घोषणा गर्ने तयारी गरेको छ। 

टाकियो ओलम्पिक सुरु हुन ८० दिन बाकीँ रहदा जापानले कोरोना संक्रमणलाई मध्यनजर गर्दै टाकियो सहित तीन प्रान्तमा कोरोना संकटकाल घोषणा गर्ने तयारी गरेको हो। 

शुक्रबार जापानका अर्थमन्त्री यासुतोशी निशिमुराले सरकार कोरोना भाइरसको बढ्दो संक्रमणप्रति होसियार रहेको र संक्रमण अझै वृद्धि हुन नदिनको लागी सरकारले टाकियो सहित आइची र फुकुओका प्रान्तमा कोभिड संकटकाल घोषणा गर्ने तयारी भइरहेको बताएका छन्। 

हाल जापानमा कोरोना भाइरस संक्रमितको सख्या ६ लाख १६ हजार एक सय २३ छ भने मृत्यु हुनेको संख्या दश हजार पाँच सय १७ छ। त्यस्तै, निको हुनेको संख्या पाँच लाख ४२ हजार पाँच सय ६९ छ।  

प्रकाशित मिति: १३:३४ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्