Kathmandu Press

अमेरिकामा १२ वर्षिया बालिकाले चलाइन् शिक्षिकामाथि गोली 

अमेरिकामा १२ वर्षिया बालिकाले चलाइन् शिक्षिकामाथि गोली 

वासिङटन, वैशाख २४ : अमेरिकाको इडाहो राज्यको रिग्बी शहरमा १२ वर्षिया बालिकाले गोली चलाउँदा तीन जना घाइते भएका छन्। 

रिग्बी शहरको माध्यमिक विद्यालयमा ६ कक्षामा पढ्ने १२ वर्षिया बालिकाले आफैसँग पढ्ने दुई साथि र एक महिला शिक्षिकामाथि गोली चलाएकी हुन् । 

Hardik ivf

प्रहरी अधिकारीले घटनामा घाइते भएकाहरुको अस्पतालमा उपचार भइरेहको बताएका छन्।  

प्रहरी घटना स्थलमा पुग्दासम्म एक महिला शिक्षिकाले ती बालिकालाइ निशस्त्र बनाई नियन्त्रणमा लिएको प्रहरी अधिकारीले बताएका छन्। 

घटानाको विषयमा अनुसन्धान भइरहेको र घटनाको उद्देश्य थाहा नभएको प्रहरीले बताएको छ। 

प्रकाशित मिति: १२:५९ बजे, शुक्रबार, वैशाख २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्