राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटाले दिए उम्मेदवारी
काठमाडौं, वैशाख २४ : वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा रामबहादुर थापा बादल र डा. खिमलाल देवकोटाले उम्मदेवारी दिएका छन । बादल नेकपा एमालेका उम्मेदवार...
काठमाडौं, वैशाख २४ : वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा रामबहादुर थापा बादल र डा. खिमलाल देवकोटाले उम्मदेवारी दिएका छन । बादल नेकपा एमालेका उम्मेदवार हुन् भने देवकोटा स्वतन्त्र उम्मेदवार हुन् ।
बादल र देवकोटाले हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन्। उपनिर्वाचन आगामी जेठ ६ गते हुनेछ ।
बादलको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत छन् । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नोपल समूहको समर्थन छ ।
प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)