Kathmandu Press

ओलीसँग कुनै सहमति भएको छैनः नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीसँग कुनै सहमति नभएको स्पष्ट पारेका छन्।
ओलीसँग कुनै सहमति भएको छैनः नेपाल

काठमाडौं, वैशाख २४ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीसँग कुनै सहमति नभएको स्पष्ट पारेका छन्।

बिहीबार भएका वार्ताका शृंखलाबारे आफ्नो फेसबुक पृष्ठमार्फत जानकारी दिँदै नेपालले २ जेठ ०७५ कै अवस्थाको एमाले मात्र पार्टी एकताको आधार रहेको प्रष्ट्याएका हुन्।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौं किनकि यो हामीले निर्माण गरेको पार्टी हो। यसका लागि वार्ता र लचकता दुवै अपनाउछौँ, तर अहिलेसम्म कुनै सहमति भएको छैन,’ उनले भनेका छन्, ‘२०७७ फागुन २८ र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो।’

यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने अभियानमा लागिरहन उनले आफू पक्षका नेता-कार्यकर्तालाई आह्वान गरेका छन्।
 

प्रकाशित मिति: १२:१३ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्