Kathmandu Press

उम्मेदवारी दर्ताका लागि बादल पुगे हेटौँडा

काठमाडौं, वैशाख २४ : नेकपा एमालेले राष्ट्रियसभा उपनिर्वाचनको लागि गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाएकाे छ। शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेदबार बनाउने निर्णय...
उम्मेदवारी दर्ताका लागि बादल पुगे हेटौँडा

काठमाडौं, वैशाख २४ : नेकपा एमालेले राष्ट्रियसभा उपनिर्वाचनको लागि गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाएकाे छ। शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेदबार बनाउने निर्णय गरेको हो। 

थापा उम्मेदवारी दर्ता गर्न हेलिकोप्टरबाट हेटौंडा पुगेका हुन्। वाग्मती प्रदेशकाे राष्ट्रियसभा उपनिर्वाचनका लागि मनोनयन दर्ताकाे समय शुक्रबार साँझ ४ बजेसम्म छ । 

राष्ट्रियसभा उपनिर्वाचनका लागि विपक्षी गठबन्धनले डा. खिमलाल देवकोटाले उम्मेद्वार बनाएकाे छ ।  देवकाेटा पनि उमेदवारी दर्ताको लागि  हेटौंडा पुगिसकेका छन्।

 

 

प्रकाशित मिति: १२:१२ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्