भारतबाट हुने सबै यात्रामाथि लगाएको प्रतिबन्ध हटाउँदै अस्ट्रेलिया
क्यानबेरा, वैशाख २४ : अस्ट्रेलिया सरकारले भारतबाट हुने सबै यात्रामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। व्यापक विरोधपछि शुक्रबार अस्ट्रेलिया सरकारले १५ मेबाट प्रतिबन्ध हटाई...
क्यानबेरा, वैशाख २४ : अस्ट्रेलिया सरकारले भारतबाट हुने सबै यात्रामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
व्यापक विरोधपछि शुक्रबार अस्ट्रेलिया सरकारले १५ मेबाट प्रतिबन्ध हटाई आफना नागरिकलाई स्वदेश फिर्ता ल्याउने निर्णय गरेको हो।
प्रधानमन्त्री स्कट मोरिसनले पहिलो चरणमा ‘कमजोर’ नागरिकहरूलाई फिर्ता ल्याउने बताएका छन्। उनले आवश्यकता अनुसार चरणबद्ध रुपमा आफ्ना नागरिलाई फिर्ता ल्याउने बताएका छन्।
हालसम्म ‘कमजोर’ समूहमा लगभग नौ सय अष्ट्रेलियाली नागरिकले सरकारमा नाम दर्ता गराएका छन्। भारतमा हाल नौ हजार भन्दा बढी अष्ट्रेलियाली नागरिकहरु छन्।
मोरिसनले १५ मेमा यात्रा प्रतिबन्ध अन्त्य हुने र त्यसपछि नागरिकलाई फिर्ता ल्याउने कार्य सुचारु हुने बताएका छन्। उनले प्रतिबन्ध हटाएपछि नै सबै व्यापारिक उडान सुचारु गर्ने वा नगर्ने विषयमा छलपल हुने पनि बताएका छन् ।












