Kathmandu Press

ब्राजिलमा लागुऔषध तस्कर र प्रहरीबीच मुठभेड हुँदा २५ जनाको मुत्यु 

ब्रासिला, वैशाख २४ : ब्राजिलको रियो द जेनेरियो शहरमा लागुऔषध तस्कर समुह र प्रहरीबीच मुठभेड हुँदा २५ जनाको मुत्यु भएको छ।बिहिबार मुठभेठमा लागुऔषध तस्कर...
ब्राजिलमा लागुऔषध तस्कर र प्रहरीबीच मुठभेड हुँदा २५ जनाको मुत्यु 

ब्रासिला, वैशाख २४ : ब्राजिलको रियो द जेनेरियो शहरमा लागुऔषध तस्कर समुह र प्रहरीबीच मुठभेड हुँदा २५ जनाको मुत्यु भएको छ।

बिहिबार मुठभेठमा लागुऔषध तस्कर समुहको २४ र एक प्रहरी अधिकारीको मुत्यु भएको हो।

‘यो मुठभेडको घटना रियो पुलिसले छापा मार्न गरेको अभियानमा मारिएको सबैभन्दा ठूलो मृत्युको संख्या हो,’ रियो द जेनेरिया शहरका प्रहरी प्रमुख रोनाल्डो ओलिभिराले भने।

प्रहरीका अनुसार मृतकमध्ये लागुऔषध तस्करी गर्ने गिरोहका नेता पनि रहेका छन्। प्रहरीले दश संदिग्धलाई पक्राउ गरेको बताएको छ। 

प्रहरीले मुठभेडमा प्रयोग भएको ६ राइफल, १४ हन्डग्रीनेड, १५ ह्यान्डगन बरामद गरेको छ ।  

प्रकाशित मिति: ११:२८ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्