प्रधानमन्त्री ओलीले गरे घनश्याम र योगेशसँग छलफल
काठमाडौं । पछिल्ला दुई दिनदेखि सत्तारुढ नेकपा एमालेका दुई समूह बिच वार्ता जारी रहेको छ। उनीहरुबिच पार्टी विभाजन रोक्न निरन्तर वार्ता भइरहेको हो। आज...
काठमाडौं । पछिल्ला दुई दिनदेखि सत्तारुढ नेकपा एमालेका दुई समूह बिच वार्ता जारी रहेको छ।
उनीहरुबिच पार्टी विभाजन रोक्न निरन्तर वार्ता भइरहेको हो। आज पनि उनीहरुले वार्तालाई निरन्तरता दिने बताएका छन। तर अहिलेसम्म संवादले कुनै ठोस आकार लिएको छैन।
पार्टीमा सहमतिको प्रयासमा बिहीबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव समूहका नेताद्धय घनश्याम भुसाल र योगेश भट्टराईलाई भेटेका छन्।
पार्टीमा समानान्तर संरचना बनाएको माधव नेपाल समूहले २७ वैशाखमा प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडि नै विपक्षी दलहरुको बहुमत पुग्ने गरी सांसदहरुको राजीनामा दिने तयारी गर्नुका साथै राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षसँग मिलेर साझा उम्मेदवार बनाएपछि अध्यक्ष ओली झस्किएका छन्।
त्यसअघि बिहीबार नै अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले नेपाल समूहका नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग पनि संवाद गरेका थिए।





