एमाले नेताहरूबीच म्याराथन भेटघाटः विवाद समाधानको प्रयास
एमालेका केपी ओली र माधवकुमार नेपाल-झलनाथ खनाल समूहका नेताहरूबीच बिहीबारदेखि भेटघाट तीव्र छ।
काठमाडौं, वैशाख २४ : एमालेका केपी ओली र माधवकुमार नेपाल-झलनाथ खनाल समूहका नेताहरूबीच बिहीबारदेखि भेटघाट तीव्र छ।
बिहीबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका वरिष्ठ नेता नेपालले त्यहाँबाट सीधै शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए।
बिहीबार दिउँसो ओली पक्षका विष्णु पौडेल र नेपाल-खनाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र योगेश भट्टराईले वार्ता गरेका थिए। बिहीबार राति नै प्रधानमन्त्री ओलीले नेपाल पक्षका भुसाल र भट्टराईसँग संवाद गरेका थिए।
२ जेठ ०७५ लाई प्रस्थान विन्दु बनाएर अगाडि बढ्नुपर्ने नेपाल-खनाल पक्षको मागमा ओलीले केही ठोस जवाफ दिएका छैनन्।
२७ जेठमा विश्वासको मत लिन प्रतिनिधिसभा बैठक बोलाउन लगाएका प्रधानमन्त्री ओली आफ्नो पक्षमा बहुमत नपुग्ने जोखिमका कारण एमालेकै नेपाल-खनाल पक्षलाई मनाउने कसरतमा लागेका हुन्।
यसअघि एमाले महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल पक्षका भट्टराई र गणेश पहाडीसँग छलफल गरेका थिए।











-1790332718.jpg)