Kathmandu Press

माल्दिभ्सका पूर्वराष्ट्रपति नाशिद सन्दिग्ध बम हमलामा घाइते

काठमाडौं, वैशाख २४ : माल्दिभ्समा बिहीबार साँझ भएको भएको बिस्फोटमा परी पूर्वराष्ट्रपति तथा अहिलेको संसदका सभामुख मोहमद नसिद घाइते भएका छन्।सत्ताधारी माल्दिभियन डेमोक्र्याटिक...
माल्दिभ्सका पूर्वराष्ट्रपति नाशिद सन्दिग्ध बम हमलामा घाइते

काठमाडौं, वैशाख २४ : माल्दिभ्समा बिहीबार साँझ भएको भएको बिस्फोटमा परी पूर्वराष्ट्रपति तथा अहिलेको संसदका सभामुख मोहमद नसिद घाइते भएका छन्।

सत्ताधारी माल्दिभियन डेमोक्र्याटिक पार्टीका समर्थकहरूले बताएअनुसार उनी आफ्नो घरबाहिर रहेको कारमा सवार हुन लाग्दा बिहीवार उक्त विस्फोट भएको थियो। माल्दिभ्सको प्रहरीले जारी गरेको एउटा वक्तव्यमा भनिएको छ, मोहम्मद नाशिदलाई विस्फोटनमा चोट लागेको छ र उनको हाल उपचार भइरहेको छ।

Hardik ivf

प्रारम्भिक विवरणहरूका अनुसार उनको घरबाहिर पार्क गरेर राखिएको मोटरसाइकलमा विस्फोटक पदार्थहरू बाँधेर राखिएको र त्यसलाई विस्फोट गराइएको हुनसक्छ। उनको उपचार भइरहेको अस्पतालले मोहम्मद नाशिदलाई धेरै ठाउँमा चोट लागेको जनाएको छ। तर उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ।

उनका समर्थकहरू अस्पतालबाहिर भेला भएका छन्। त्यहाँको अवस्था तनावपूर्ण रहेको र स्थितिलाई हेरेर दङ्गा प्रहरी परिचालन गरिएको बताइएको छ।

प्रकाशित मिति: ०८:१८ बजे, शुक्रबार, वैशाख २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्