पत्रकार महासंघमा अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना
काठमाडौं, वैशाख २४ : कोरोना संक्रमित पत्रकारका लागि लक्षित गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।महासंघमा रहेको...
काठमाडौं, वैशाख २४ : कोरोना संक्रमित पत्रकारका लागि लक्षित गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।
महासंघमा रहेको पत्रकार आवास गृहमा स्थापना गरिएको आइसोलेसनमा पाँच वटा बेड तयार भएका छन् भने अन्य पाँच बेड तयारीको अन्तिम चरणमा रहेको पत्रकार महासंघले जनाएको छ । हाम्रो टिम नेपालले चारवटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ भने मेक्सिम इन्टरनेसनल ट्रेडिङ्का प्रबन्ध निर्देशक नारायणबहादुर कार्कीका तर्फबाट दुईवटा सिलिण्ड प्राप्त भएको हो ।
महासंघका अनुसार देशभर अहिलेसम्म ६ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमा २५२ जना सक्रिय संक्रमित छन् । महासंघले देशभर रहेका सबै प्रदेश र शाखाहरुलाई कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिताका लागि आग्रह गरिरहेको छ ।











-1790332718.jpg)