भारतमा एकैदिनमा थपिए अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित
काठमाडौं, वैशाख २४ : दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा कोरोना भाईरसका संक्रमितको संख्या वढ्ने क्रम रोकिएको छैन् ।पछिल्लो २४ घण्टामा त्यहाँ ४...
काठमाडौं, वैशाख २४ : दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा कोरोना भाईरसका संक्रमितको संख्या वढ्ने क्रम रोकिएको छैन् ।
पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख १४ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च हो ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १४ लाख ८५ हजार २८५ पुगेको छ । हालसम्म भारतमा १ करोड ७५ लाख ९७ हजार ४१० जना संक्रमणमुक्त भएका छन् ।
दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । यस्तै त्यहाँ एकैदिन ३९ सय २० संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३४ हजार ७१ पुगेको छ ।
प्रकाशित मिति: ०७:४८ बजे, शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)