Kathmandu Press

राष्ट्रियसभा उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता आज 

काठमाडौं, वैशाख २४ : राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज हुँदैछ।आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता...
राष्ट्रियसभा उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता आज 

काठमाडौं, वैशाख २४ : राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज हुँदैछ।

आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको हो।  उम्मेदवारले विहान १० बजेदेखि दिउँसो चार बजेसम्मको समय तोतकेको छ।

माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रुपमा डाक्टर खिमलाल देवकोटालाई उम्मेद्वार बनाउने निर्णय गरेपनि एमालेले भने रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भने पनि टुङ्गो लगाउन सकेको छैन्

। नेकपा मा‌ओवादी केन्द्रबाट २०७४ सालमा भएको निर्वाचनमा बागमती प्रदेश अन्य समूह तर्फबाट रामबहादुर थापा बादल निर्वाचित भएका थिए। उनी नेकपा एमालेको केन्द्रीय सदस्य भएपछि माओवादीले कारवाही गरेको थियो।

कारवाहीपछि रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित मिति: ०७:२० बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्