Kathmandu Press

कोरोना नियन्त्रणका लागि ६० जिल्लामा निषेधाज्ञा 

काठमाडौ, वैशाख २४ : कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ६० जिल्लामा निषेधाज्ञा जारी गरिएको गृहमन्त्रालयले जनाएको छ ।कोरोना भाइरसको संक्रमण दर तीब्र...
कोरोना नियन्त्रणका लागि ६० जिल्लामा निषेधाज्ञा 

काठमाडौ, वैशाख २४ : कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ६० जिल्लामा निषेधाज्ञा जारी गरिएको गृहमन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण दर तीब्र भएपछि ४७ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको गृहमन्त्रालयले जानकारी दिएको हो । अहिलेसम्म ६० जिल्लामा निषेधाज्ञा जारी भएकामध्ये १३ जिल्लामा आंशिक, बाँकी ४७ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी छ ।

गत १३ वैशाखको मन्त्रिपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो ।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । निषेधाज्ञाको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । 

प्रकाशित मिति: ०७:१५ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्