Kathmandu Press

म्यानचेस्टर युनाइटेड र भिल्लारियल युरोपा लिग फुटबलको फाइनलमा

काठमाडौं, वैशाख २४ : म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको फाइनलमा पुगेको छ ।आज बिहान सकिएको खेलमा इटलीको रोमासँग ३-२ गोलले हारे पनि समग्रमा...
म्यानचेस्टर युनाइटेड र भिल्लारियल युरोपा लिग फुटबलको फाइनलमा

काठमाडौं, वैशाख २४ : म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको फाइनलमा पुगेको छ ।

आज बिहान सकिएको खेलमा इटलीको रोमासँग ३-२ गोलले हारे पनि समग्रमा ८-५ गोलको नतिजासहित युनाइटेड फाइनलमा पुगेको हो । युनाइटेडका लागि दुवै गोल इडिन्सन काभानीले गरे ।

पछिल्लो समय निराशाजनक  प्रदर्शन गर्दै आएको युनाइटेडले सन् २०१७ देखि कुनै पनि ठूलो उपाधि जित्न सकेको छैन्, युरोपा लिगको फाइनलले युनाइटेडलाई उपाधिको आशा देखाएको छ । गएराति नै भएको अर्को खेलमा आर्सनलसँग बराबरी खेल्दै भिलारियल पनि इतिहासमै पहिलो पटक युरोपा लिगको फाइनलमा पुगेको छ ।

गएरातिको खेल गोलरहित बराबरीमा सकिए पनि पहिलो लेगको २-० को नतिजाका आधारमा स्पेनिस क्लब भिल्लारियल फाइनलमा पुगेको हो ।

युनाइटेड र भिल्लारियलबीचको फाइनल खेल मे २७ तारिखमा हुनेछ ।

प्रकाशित मिति: ०६:५७ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्