Kathmandu Press

राष्ट्रपतिलाई भेट्न नेपाल शीतल निवासमा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। 
राष्ट्रपतिलाई भेट्न नेपाल शीतल निवासमा

काठमाडौं, वैशाख २३ : राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। 

बुढानिलकण्ठमा नेपाली कांगसका सभापति शेरबहादुर देउवालाई भेटेर वरिष्ठ नेता नेपाल शीतल निवास पुगेका हुन्। राष्ट्रपतिलाई भेट्न नेपाल शीतल निवास पुगेको उनका स्वकीय सचिव मोहन गौतमले पुष्टि गरेका छन्। 

राष्ट्रपति भण्डारीसँग समसायिक विषयमा छलफल गर्न नेपाल शीतल निवास पुगेको उनका स्वकीय सचिव गौतमको भनाइ छ। यसअघि राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली पनि शीतल निवास पुगेका थिए। 

आज अपराह्न बसेको नेकपा (एमाले) स्थायी कमिटी बैठक पछि प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए। आजको एमाले स्थायी कमिटी बैठकमा नेपाललगायतका नेतालाई गरिएको कारबाही फिर्ता गर्ने विषयमा समेत छलफल भएको थियो। 

प्रकाशित मिति: २०:५४ बजे, बिहीबार, वैशाख २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्