Kathmandu Press

लुम्बिनीमा केसीलाई मुख्यमन्त्री नियुक्त गर्न विपक्षी दलको माग

बुटवल, वैशाख २३ : लुम्बिनी प्रदेश सभामा चार विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गर्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुलबहादुर केसीलाई...
लुम्बिनीमा केसीलाई मुख्यमन्त्री नियुक्त गर्न विपक्षी दलको माग

बुटवल, वैशाख २३ : लुम्बिनी प्रदेश सभामा चार विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गर्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुलबहादुर केसीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका छन्। 

बिहीबार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले पत्रकार सम्मेलन गरी केसीलाई मुख्यमन्त्री पोखरेल अल्पमतमा परेकाले राजीनामा गर्न माग गरेका हुन्। अहिले ७९ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्री पोखरेलको पक्षमा ३८ जना मात्रै रहेको उनीहरूको दाबी छ। 

चार दलका ४१ सांसदले केसीलाई समर्थन गरेकाले उनलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका हुन्। एमालेका दुई जना सांसदले राजीनामा गरेका छन् भने तत्कालीन नेकपाबाट निर्वाचित एक सांसदले माओवादी रोजेकी छिन्। जसले गर्दा मुख्यमन्त्री पोखरेलको पक्षमा ३८ सांसदमात्रै रहेका छन्। 

पोखरेलले आफ्नो पक्षमा ४१ जना सांसद रहेको दावी गरेर मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसमध्ये एमाले सांसद दृगनारायण पाण्डे र अमरबहादुर डाँगीले राजीनामा दिएका छन्। त्यस्तै, नेकपाबाट निर्वाचित विमला डांगीले माओवादी रोजेकी हुन्। 
 

प्रकाशित मिति: १९:५१ बजे, बिहीबार, वैशाख २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्