Kathmandu Press

कांग्रेसले वैशाख २५ मा बाेलायाे संसदीय दलको बैठक

काठमाडौं, वैशाख २३ : नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि रणनीति बनाउन संसदीय दलको बैठक बोलाएको छ। कांग्रेसले वैशाख २५ गते शनिबार दिउँसो २...
कांग्रेसले वैशाख २५ मा बाेलायाे संसदीय दलको बैठक

काठमाडौं, वैशाख २३ : नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि रणनीति बनाउन संसदीय दलको बैठक बोलाएको छ। 

कांग्रेसले वैशाख २५ गते शनिबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन संसदीय दलले पनि निर्णय गर्ने जनाएको छ। यसअघि कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्न निर्णय गरेको थियो।

ओलीले विश्वासको मत लिने भएपछि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको छ। प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन्। 

यसअघि नै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ। संसदीय दलको बैठकमा त्यस विषयमा रणनीति तय गरिने जनाएको छ। 

प्रकाशित मिति: १९:३९ बजे, बिहीबार, वैशाख २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्