Kathmandu Press

पहिलो जितसँगै ललितुरको प्लेअफ आशा कायमै

काठमाडौं, वैशाख २३ : काठमाडौंमा जारी नेपाल सुपर लिगमा पहिलो जित निकाल्दै ललितपुर सिटी एफसीले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ। बिहीबार भएको खेलमा...
पहिलो जितसँगै ललितुरको प्लेअफ आशा कायमै

काठमाडौं, वैशाख २३ : काठमाडौंमा जारी नेपाल सुपर लिगमा पहिलो जित निकाल्दै ललितपुर सिटी एफसीले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ। बिहीबार भएको खेलमा ललितपुरले बुटबल लुम्बनी एफसीलाई १–०ले हरायो।

यो जितपछि ६ अंक जोड्दै ललितपुर लिगको चौथो स्थानमा उक्लिएको छ। अन्तिम खेलमा विराटनगर सिटीविरुद्ध जित निकाल्न सके ऊ प्लेअफमा पुग्ने छ। तर, हारले पनि उसको समभावना जिवितै रहने छ, त्यसका लागि बुटबल धगनढी सिटी एफसीसँग र पोखरा थन्डर्स चितवन एफसीसँग पराजित हुनुपर्ने छ।

ललितपुरलाई जित दिलाउन नुर्लान नोभ्रुजुभ जाहिदले निर्णायक गोल गरे। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवलविरुद्ध ललितपुरले सुरुवातबाटै आक्रमक खेल पस्किएको थियो। र, सुरुवातमै गोल गर्दै ललितपुरले महत्वपूर्ण जित निकाल्यो।

खेलको पाँचौ मिनेटमा स्ट्राइकर नुर्लान नोभ्रुजुभ जाहिदले हेडमार्फत गोल गर्दै ललितपुरलाई १–० को अग्रता दिलाएका थिए। कप्तान अन्जन बिष्टको हेडर पासमा अनमार्क रहेका नुर्लानले डाइभ हेडमार्फत गोल गरेका थिए। 

त्यस्तै इन्जुरी समयको अन्तिम मिनेटमा ललितपुरका विमल रानाको प्रहारलाई बुटवलका गोलकिपर विशालले क्लियर गर्न खोजेको बल पोलमा लाग्दै फर्केको बलमा कप्तान अन्जनले गोल गरेका थिए । तर, लाइन रेफ्रीले अफसाइड दिएका थिए। 

खेलमा ललितपुरका कप्तान अन्जन विष्ट प्लेयर अफ दि म्याच भए भने ललितपुरकै मिक्छेन तामाङ इमर्जिङ प्लेयर अफ दि म्याच ललितपुरका चुनिए।
 

प्रकाशित मिति: १७:५३ बजे, बिहीबार, वैशाख २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्