Kathmandu Press

पृथ्वीसुब्बा गुरुङमाथिको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि वैशाख २७ गते मतदान हुने भएको छ।
पृथ्वीसुब्बा गुरुङमाथिको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने

काठमाडौं, वैशाख २६ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि वैशाख २७ गते मतदान हुने भएको छ।

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभा बैठक बस्ने सहमती भएको छ । बैठकमा  एमालेले २८ र विपक्षी दलहरुले २६ गते प्रदेशसभा बैठक बस्नुपर्ने प्रस्ताव गरेका थिए तर २७ गतेका लागि सहमति भएको हो ।  

१५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो । तर राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।  

प्रकाशित मिति: १७:२६ बजे, बिहीबार, वैशाख २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्