Kathmandu Press

चार सांसदलाई कोरोना संक्रमण

काठमाडौं, वैशाख २३ : ४ सांसद र संसद् सचिवालयका ३ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका लागि बुधबार सांसद...
चार सांसदलाई कोरोना संक्रमण

काठमाडौं, वैशाख २३ : ४ सांसद र संसद् सचिवालयका ३ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।

वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका लागि बुधबार सांसद र संसद् सचिवालयका कर्मचारीको पीसीआर परीक्षणमा चार सांसद र ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको संसद सचिवालयले जनाएको छ।

वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइएको छ । 

प्रकाशित मिति: १३:०१ बजे, बिहीबार, वैशाख २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्