Kathmandu Press

इरान विरोधी अमेरिकाको आणविक प्रतिबन्ध विफल : इरानी राष्ट्रपति  

तेहरान, वैशाख २३ : इरान विरोधी अमेरिकाको आणविक प्रतिबन्ध विफल भएको इरानी राष्ट्रपति हसन रूहानीले बताएका छन्। बुधबार इरानी राष्ट्रपति हसन रूहानीले अमेरिकाको इरान विरोधी...
इरान विरोधी अमेरिकाको आणविक प्रतिबन्ध विफल : इरानी राष्ट्रपति  

तेहरान, वैशाख २३ : इरान विरोधी अमेरिकाको आणविक प्रतिबन्ध विफल भएको इरानी राष्ट्रपति हसन रूहानीले बताएका छन्। 

बुधबार इरानी राष्ट्रपति हसन रूहानीले अमेरिकाको इरान विरोधी आणविक प्रतिबन्धको शासन विफल भएको घोषणा गरेका हुन्।
 
‘इरानी सरकार प्रमुखको हैसियतले अमेरिकाले गरेको सबै आणविक प्रतिबन्ध विफल भएको कुरा म जनता समक्ष घोषणा गर्छु र यदि हामी एकजुट भयौं भने यो प्रतिबन्ध शीघ्र हटाइनेछ,’ रुहानीले भने । 

‘संयुक्त राज्य अमेरिकालाई अन्तर्राष्ट्रिय आणविक कानुनअनुसार चल्नुपर्छ भन्ने कुरा राम्रोसँग थाहा छ,’ रुहानीले भने, ‘अमेरिका अन्तर्राष्ट्रिय आणविक कानुन अनुसार चल्नेछ र सन् २०१५मा भएको आणविक सम्झौता सम्बन्धी आफ्नो दायित्वमा फर्कने छ ।’ 

प्रकाशित मिति: १२:३५ बजे, बिहीबार, वैशाख २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्