भारतबाट हुने सबै यात्रामाथि अष्ट्रेलियाले गरेको प्रतिबन्धको निर्णयविरुद्ध मुद्दा दायर
क्यानबेरा, वैशाख २३ : अष्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिकलाई देश फर्कन लगाएको प्रतिबन्धको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर भएको छ। अप्रिल ३०मा अष्ट्रेलिया सरकारले भारतबाट हुने...
क्यानबेरा, वैशाख २३ : अष्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिकलाई देश फर्कन लगाएको प्रतिबन्धको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर भएको छ।
अप्रिल ३०मा अष्ट्रेलिया सरकारले भारतबाट हुने सबै यात्रामा प्रतिबन्ध लगाउने निर्णयविरुद्ध अष्ट्रेलियाका नागरिक ग्यारी न्युम्यानले अदालतमा मुद्दा दायर गरेका हुन् ।
अष्ट्रेलिया सरकारले गत अप्रिल ३० मा भारतबाट हुने सबै यात्रामाथि प्रतिबन्ध लगाएको थियो।
७७ वर्षिय न्यूम्यान सन् २०२० मार्च यता भारतमै छन्।
न्युम्यानका वकिलले यो निर्णय असंवैधानिक रहेको बताएका छन्।
यदि कसैले उत्त निर्णय उल्लङघन गरेमा अष्ट्रेलियाली सरकारले पाँच बर्ष जेल सजाय हुने र ६६ हजार अष्ट्रेलियाली डलर (५१ हजार एक सय ३५ अमेरिकी डलर) जरिवाना लगाउने निर्णय गरेको छ।
प्रकाशित मिति: १२:२७ बजे, बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












