Kathmandu Press

एमाले ओली समूहको आकस्मिक स्थायी कमिटी बैठक

एमाले अध्यक्ष केपी ओलीले बालुवाटारमा आफ्नो समूहको आकस्मिक स्थायी समिति बैठक बोलाएका छन्।
एमाले ओली समूहको आकस्मिक स्थायी कमिटी बैठक

काठमाडौं, वैशाख २३ : एमाले अध्यक्ष केपी ओलीले बालुवाटारमा आफ्नो समूहको आकस्मिक स्थायी समिति बैठक बोलाएका छन्।

पार्टीको नवौँ महाधिवेशनबाट निर्वाचित स्थायी कमिटी भंग गरी ओलीले आफू समर्थक नेताहरू मात्र राखेर स्थायी कमिटी बनाएका छन्। ओली समूहको स्थायी कमिटी १९ सदस्यीय छ।

२७ वैशाखमा विश्वासको मत लिने योजनामा रहेका उनले सोही सन्दर्भमा स्थायी कमिटीको बैठक डाकेका हुन्।

कांग्रेस, माओवादी केन्द्र र जसपाबाट पनि विश्वासको मत प्राप्त हुने सम्भावना नदेखिँदा उनी २७ वैशाखमा पदमुक्त हुने अवस्थामा छन्। एमालेकै माधवकुमार नेपाल–झलनाथ खनाल समूहले फ्लोर क्रस गर्ने या त्यसअघि नै सामूहिक राजिनामा दिने सम्भावना बलियो बन्दै गएको छ।
 

प्रकाशित मिति: ११:०३ बजे, बिहीबार, वैशाख २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्