भारतमा एकैदिनमा ४ लाख १२ हजार संक्रमित थपिए, झण्डै ४ हजारको मृत्यु
काठमाडौं, वैशाख २३ : छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संक्रमितको संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ...
काठमाडौं, वैशाख २३ : छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संक्रमितको संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख १२ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको छ ।
दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा एकैदिनमा संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च हो । यो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १० लाख ७० हजार ८५२ पुगेको छ ।
जसमध्ये १ करोड ७२ लाख ६९ हजार ७६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३५ लाख ७१ हजार ६२५ छ । यस्तै त्यहाँ एकैदिन ३९ सय ८२ संक्रमितको मृत्यु भएको छ ।
यो सँगै भारतमा मृतक संख्या २ लाख ३० हजार १५१ पुगेको छ ।
प्रकाशित मिति: ०७:१९ बजे, बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)