Kathmandu Press

कोरोना नियन्त्रणका लागि ५६ जिल्लामा निषेधाज्ञा (सुचीसहित) 

काठमाडौं, वैशाख २३ : मुलुकमा कोरोनाको सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ।वैशाख ७ देखि जारी हुन थालेको...
कोरोना नियन्त्रणका लागि ५६ जिल्लामा निषेधाज्ञा (सुचीसहित) 

काठमाडौं, वैशाख २३ : मुलुकमा कोरोनाको सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ।

वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ५६ जिल्लामा पुगेको छ। त्यसमध्ये ४१ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक आदेश जारी भएको छ। बुधबार साँझसम्म ५६ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ।   पछिल्लो तथ्यांकमा दोलखामा जिल्ला भर र इलाम, धनकुटा र सिन्धुपाल्चोकमा केही ठाउँमा निषेध आदेश जारी गरिएको मन्त्रलायले जनाएको छ ।

त्यस्तै आदेश जारी भएका अन्य जिल्लामा म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, र नवलपरासी पश्चिम रहेको छ । त्यसमध्ये तनहुँ र म्याग्दीमा क्षेत्र तोकेर आंशिक आदेश जारी भएको छ। नवलपरासी पश्चिममा बुधबारदेखि आदेश लागू भइसकेको छ भने म्याग्दी, मुगु र तनहुँमा बुधबार राति १२ बजेदेखि लागू भएको छ।  बारा र सिरहामा आज बिहान ६ बजेदेखि लागू भएको छ। सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास भइरहेको छ।

पूर्ण निषेधाज्ञा जारी भएका ४१ जिल्ला 

बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, बर्दिया, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्युठान, बाजुरा, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, मुगु, बारा, सिरहा,, नवलपरासी पश्चिम, दोलखा

आशिंक निषेधाज्ञा जारी भएका १५ जिल्ला 

बाग्लुङ, दार्चुला, मोरङ, गोरखा, काभ्रेपलान्चोक, मकवानपुर, कालिकोट, स्याङजा, रामेछाप, ताप्लेजुङ, म्याग्दी, तनहुँ, इलाम, सिन्धुपाल्चोक, धनकुटा 
 

प्रकाशित मिति: ०७:१४ बजे, बिहीबार, वैशाख २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्