Kathmandu Press

भारतसँग जोडिएका सिरहाका सबै नाका सिल

सिरहा, वैशाख २२ : भारतसँग जोडिएका सिरहाका सबै सिमानाका सिल गरिएको छ। कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा निन्त्रणका लागि भन्दै सिरहाका...
भारतसँग जोडिएका सिरहाका सबै नाका सिल

सिरहा, वैशाख २२ : भारतसँग जोडिएका सिरहाका सबै सिमानाका सिल गरिएको छ। 

कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा निन्त्रणका लागि भन्दै सिरहाका सबै सिमानाका सिल गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले बताए।

उनका अनुसार भारतीय सिमाक्षेत्रसँग जोडिएका ठाडी, बरियारपट्टी, औरही, झाझपट्टीलगायत सबै नाकाबाट आवतजावत गर्न अब पूर्ण रोक लगाइएको छ। बढ्दो कोभिड–१९ को जोखिमलाई दृष्टिगत गरी भारतीय सिमासँग जोडिएका नाकाहरू सिल गरिएको उनको भनाइ छ।

प्रकाशित मिति: १९:२२ बजे, बुधबार, वैशाख २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्