राष्ट्रियसभा सदस्यका लागि लुम्बिनीमा जेठ १७ गते उपनिर्वाचन
काठमाडौं, वैशाख २२ : लुम्बिनी प्रदेशबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यका लागि जेठ १७ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले जेठ १७ गते बिहान...
काठमाडौं, वैशाख २२ : लुम्बिनी प्रदेशबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यका लागि जेठ १७ गते उपनिर्वाचन हुने भएको छ।
निर्वाचन आयोगले जेठ १७ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान समय निर्धारण गरेको छ। आयोगको वैशाख १९ गते बसेको बैठकले उपनिर्वाचन तय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
नेकपा (माओवादी केन्द्र) बाट निर्वाचन चन्द्रबहादुर खड्का नेकपा (एमाले)मा प्रवेश गरेका थिए। उनले पार्टी छाडेपछि माओवादीले कारबाही गरेको थियो। उनको स्थान रिक्त रहेको थियो।
प्रकाशित मिति: १९:०९ बजे, बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)