Kathmandu Press

प्रधानमन्त्री ओलीले कांग्रेससँग मागे विश्वासको मत

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँग विश्वासको मत मागेका छन्।
प्रधानमन्त्री ओलीले कांग्रेससँग मागे विश्वासको मत

काठमाडौं, वैशाख २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँग विश्वासको मत मागेका छन्।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले विश्वासको मत मागेका हुन्। तर, देउवाले सहयोग गर्न नसकिने जवाफ दिएको एक नेताले बताए। 

प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र अर्थमन्त्री विष्णु पौडेलसहित देउवा निवास पुगेका थिए। 

छलफलमा कांग्रेसको तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा. शशांक कोइराला र पुर्णबहादुर खड्का तथा सहमहामन्त्री प्रकाशशरण महत सहभागी थिए।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन्। त्यसका वैशाख २७ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ। 

प्रकाशित मिति: १८:४१ बजे, बुधबार, वैशाख २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्