Kathmandu Press

कांग्रेस सभापति देउवालाई भेट्न प्रधानमन्त्री ओली दलबलसहित बुढानीलकण्ठमा

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री केपी ओली दलबलसहित देउवाको निवास बुढानीलकण्ठ पुगेका छन्।
कांग्रेस सभापति देउवालाई भेट्न प्रधानमन्त्री ओली दलबलसहित बुढानीलकण्ठमा
तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, वैशाख २२ : कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री केपी ओली दलबलसहित देउवाको निवास बुढानीलकण्ठ पुगेका छन्।

ओलीको साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल छन्।

कांग्रेसले पदाधिकारी बैठकमार्फत प्रधानमन्त्री ओलीले प्रस्ताव गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको भोलिपल्ट ओली कांग्रेस सभापति देउवालाई भेट्न गएका हुन्। ओलीलाई विश्वासको मतको प्रयोजनकै लागि २७ वैशाखमा प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइएको छ।

ओलीले देउवालाई भेट्नुको अर्को कारण ६ जेठमा तय भएको राष्ट्रियसभाको उपनिर्वाचन पनि हो। ओली नेतृत्वको एमालेबाट उम्मेदवार बनाइएका गृहमन्त्री थापाविरुद्ध कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई समूह र एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल समूहले वित्तीय संघीयताविज्ञ डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।

बैठकमा कांग्रेस शीर्ष नेताहरू शशांक कोइराला, कृष्ण सिटौला, विमलेन्द्र निधिलगायत पनि छन्।

प्रकाशित मिति: १६:४६ बजे, बुधबार, वैशाख २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्