Kathmandu Press

उपत्यकामा थपिए ३८३५ कोरोना संक्रमित

काठमाडौं, वैशाख २२ : काठमाडौं उपत्यकाका तीन जिल्लामा ३,८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार ७५६ पीसीआर र ६१३ एन्टीजेन परीक्षण...
उपत्यकामा थपिए ३८३५ कोरोना संक्रमित

काठमाडौं, वैशाख २२ : काठमाडौं उपत्यकाका तीन जिल्लामा ३,८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार ७५६ पीसीआर र ६१३ एन्टीजेन परीक्षण गर्दा तीनमा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै, पछिल्लो २४ घण्टामा ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

 २४ घण्टामा ५८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ।
 

प्रकाशित मिति: १६:४६ बजे, बुधबार, वैशाख २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्