८६५९ जनामा कोरोना संक्रमण पुष्टि, ५८ को मृत्यु
२० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हाे ।
काठमाडौं, वैशाख २२ : पछिल्लो २४ घण्टामा ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५८ जनाको मृत्यु भएको छ ।
२० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।
प्रकाशित मिति: १६:२९ बजे, बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)