Kathmandu Press

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको पुनर्नियुक्तिविरुद्ध एमालेमा विद्रोह- सांसद डाँगीले दिए राजिनामा

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको पुनर्नियुक्तिप्रति असन्तुष्टि जनाउँदै एमालेभित्र विद्रोह जारी छ। बुधबार अर्का प्रदेश सांसदले पनि राजिनामा दिएका छन्।
लुम्बिनीका मुख्यमन्त्री पोखरेलको पुनर्नियुक्तिविरुद्ध एमालेमा विद्रोह- सांसद डाँगीले दिए राजिनामा

काठमाडौं, वैशाख २२ : लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको पुनर्नियुक्तिप्रति असन्तुष्टि जनाउँदै एमालेभित्र विद्रोह जारी छ। बुधबार अर्का प्रदेश सांसदले पनि राजिनामा दिएका छन्।

एमालेबाट दाङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित अमरबहादुर डाँगीले राजिनामा दिएका छन्। प्रदेशसभा सचिवालयमा उनले बुधबार राजिनामा बुझाएका हुन्।

मुख्यमन्त्री पोखरेलकै गृहजिल्ला दाङका नेता उनी एमालेमा विगतमा पनि माधवकुमार नेपालको निकटस्थ मानिन्थे।

यसअघि एमालेकै प्रदेश सांसद दृगनारायण पाण्डेले पदबाट राजिनामा दिएर कांग्रेस प्रवेश गरेका थिए। उनलाई लुम्बिनीमा रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धनका साझा उम्मेदवार बनाइने तय भएको छ।
 

प्रकाशित मिति: १५:२७ बजे, बुधबार, वैशाख २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्