Kathmandu Press

युएईमा हुन सक्छ टि–२० विश्वकप

नयाँ दिल्ली, वैशाख २२ : अमित मिश्रा, वरुण चक्रवर्ती, ऋद्धिमन शाह, माइक हसी, लक्ष्मीपति बाजालीलगायतका खेलाडी र प्रशिक्षकमा कोरानो संक्रणम पुष्टी भएपछि भारतीय...
युएईमा हुन सक्छ टि–२० विश्वकप

नयाँ दिल्ली, वैशाख २२ : अमित मिश्रा, वरुण चक्रवर्ती, ऋद्धिमन शाह, माइक हसी, लक्ष्मीपति बाजालीलगायतका खेलाडी र प्रशिक्षकमा कोरानो संक्रणम पुष्टी भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले मंगलबार आईपिएल स्थगित गर्ने घोषणा गर्‍यो।

आईपिएल स्थगित भएसँगै भारतमै अक्टोबर–नोभेम्बरमा आयोजना हुने भनिएको टी–२० विश्वकप पनि अन्योलमा परेको छ। विज्ञहरुले भारतमा कोरोनोको तेस्रो लहर पनि आउने आशंका गरेपछि बिसिसिआईले पनि केही दिनेमा टी–२० विश्वकपका विषयमा निर्णय गर्ने बताइएको छ।

बिसिसिआई टी–२० विश्वकपसँगै आईपिएपलको बाँकी सिजन पनि युईएमै गर्ने तयारीमा रहेको बताइएको छ। विश्वकपका लागि सबै टिमका खेलाडी युएई पुग्ने र सोही मौका आईपिएलका बाँकी खेल सक्ने योजना बिसिसिआईको छ।

‘आईपिएपलमा ६ देशका ६१ खेलाडी सहभाडी छन्। उनीहरूलाई विश्वकपभन्दा केही अगाडि युएई बोलाएर आईपिएल सक्ने तयारी छ,’, बिसिसिआई स्रोतले भन्यो, ‘राष्ट्रिय टिमका परेका खेलाडी आईपिएल सकेपछि आफ्नो टिममा सामेल हुनेछन्, राष्ट्रिय टिमका नरहेका खेलाडी घर फर्कने छन्।’

१४ सेप्टेम्बरमा इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज सकिएपछि आईपिएल आयोजना गर्ने योजना बिसिसिआईको छ। ‘भारत र इंग्ल्यान्डका खेलाडी इंग्ल्यान्डमा ‘बायो बबल’मै हुनेछन् र उनीहरुलाई युएईमा नयाँ बायो बललमा जोडिन कुनै समस्या हुने छैन। त्यसैले २५ डिसेम्बर आसपासदेखि अक्टोबर दोस्रो सातासम्ममा उपलब्ध हुने अन्तर्राष्ट्रिय ब्रेकमा आईपिएपल आयोजना गराउने तयारी छ,’ बिसिसिआई स्रोतले भन्यो।
 
अघिल्लो सिजन आईपिइल आयोजना पनि युएईमा बायो बबल सफल रहेकाले पनि बिसिसिआई टी–२० विश्वकप र आईपिएपलका बाँकी खेल युएईमा आयोजना गर्ने तयारीमा लागेको हो।

टी–२० विशवकप युएईमा आयोजना भएपनि विश्वकपको आयोजक भने बिसिसिआई नै हुने छ।

प्रकाशित मिति: १५:२५ बजे, बुधबार, वैशाख २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्